वीरगञ्ज,पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले पूर्णरुपमा तस्करी रोक्न मातहातका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुभएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सामा आइतवार भएको छलफलमा मातहतका सबै प्रहरी प्रमुखसँग ब्रिफिङ लिँदै उहाँले यस्तो निर्देशन दिनुभएको हो । नयाँ आर्थिक वर्ष सुरु भएसँगै प्रहरी प्रमुख ढुंगेलले मातहातका प्रहरी प्रमुखहरुसँग छलफल गर्नुभएको हो ।
छलफलमा पछिल्लो समय पर्सा जिल्लामा फाटफुट रूपमा तस्करी भइरहेको गुनासाहरू आइरहेकोे सुनाउँदै उहाँले भन्नुभयो, ‘अब यस्ता गुनासाहरु काहीँ कतैबाट आउनुहुदैँन, कसैको एरियाबाट तस्करी हुनुहुँदैन । यदि कसैले यस्ता गराएको पाइयो भने त्यसलाई कडाइका साथ कारबाही गरिन्छ । त्यसकारण पूर्णरुपमा तस्करी बन्द हुनुपर्छ । विभागको नीतिभन्दा बाहिर गएर कसैलाई काम गर्ने छुट नभएको उहाँको भनाई थियो । विभागको नीति अनुसार काम गर्ने प्रहरीलाई पुरस्कृत गरिनेछ, नीति विपरीत काम गर्नेलाई भने ठाडो कारबाही गरिनेछ । गलत गर्ने जोसुकै भएपनि त्यसलाई कारबाहीको दायरामा ल्याइन्छ ।’

सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न प्रहरी प्रमुख ढुंगेलले युनिट प्रमुखहरुलाई निर्देशन दिनुभएको छ । प्रहरी प्रमुख ढुंगेलसँगको ब्रिफिङमा मातहतका चौकी इन्चार्ज र इलाका प्रहरी कार्यालयका इन्चार्जसहित सबै प्रमुखहरुको उपस्थिति थियो ।

Leave a Reply