मकवानपुर,बारा, रौतहट र मकवानपुर जिल्ला भएर बग्ने बकैया नदीले बिहीवार बिहान सतर्कता तह पार गरेको छ ।
निरन्तर भएको वर्षाले नदीले सतर्कता तह पार गरेको जल तथा मौसम विभागले जनाएको छ । नदीले सतर्कता तह पार गरेसँगै नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित हुन आग्रह गरिएको छ ।मकवानपुरस्थित बकैया नदी जुरेली बजार केन्द्रमा बिहीवार बिहान ११ बजे नदीले सतर्कता तह पार गरेको हो ।

नदीमा पानीको सतह निरन्तर बढ्ने क्रममा रहेको बकैया नदीको बारा र रौतहट जिल्लाको तटीय क्षेत्रहरुमा उच्च सतर्कता अपनाउन मौसम विभागले अनुरोध गरेको छ ।यसैबीच बकैया नदीमा बिहीवार आएको बाढीले निजगढमा निर्माण भएको च्यानलाईज बाँध भत्काएको छ । बाँध भत्किएपछि नदीको धार सोझिएपछि निजगढ ९ स्थित आर्यघाट जोखिममा परेको छ । बाढीले आर्यघाटमा रहेको स्याल्याब ढलान भत्काउन थालेको हो ।निजगढ नगरपालिकाले सडक डिभिजन कार्यालय हेटौडाको सहयोगमा २ साताअघि निर्माण गरेको च्यानलाईज बाँधले बकैया पुलबाट उत्तरतर्फको क्षेत्र सुरक्षित तुल्याएको भएपनि बिहीवारको बाढीले पुल दक्षिणतर्फको आर्यघाट क्षेत्रमा जोखिम बढाएको छ ।

Leave a Reply