वीरगञ्ज, वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्ली पोखरी बस्ने रवि साह कानुको श्रीमतीले आत्महत्या गरेका छिन् ।
आइतवार विहान कानुको श्रीमतीले फाँसी लगाएर आत्महत्या गरेको पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिनुभयो ।‘विभिन्न बाहानामा दाइजोमा वासिङ मेसिन र फ्रिज नदिएकोले १० दिनदेखि झै झगडा गर्दै मेरो छोरीलाई कुटपिट गर्दै आएका थिए, भर्खरै बिहे गरेकी मेरो छोरीलाई यातना दिएकोले उनी आत्महत्या गर्न बाध्य भएकी हुन’ उनका बुवाले भन्नुभयो ।
उनको परिवारजनले विभिन्न बहाना बनाई दाइजोमा विभिन्न सामग्री नपाएको भन्दै कुटपिट गरी मानसिक यातना दिई छोरीलाइ आत्महत्या गर्न बाध्य बनाएको बुबाको भनाई छ । छोराको पुन बिहे गरी दाइजो लिने लोभमा छोरीलाई आत्महत्या गर्न बाध्य बनाएको बुबाको आरोप छ ।














