रौतहट,रौतहटमा ११ हजार भोल्टको करेन्ट लागेर एकजना अमिनको मृत्यु भएको छ। गरुडा नगरपालिकामा कार्यरत करारका अमिन २५ वर्षीय रामजी साहको करेन्ट लागेर मृत्यु भएको हो।गरुडा नगरपालिका जयनगरस्थित निर्माणाधीन एक सार्वजनिक घरको छतबाट फोन गर्ने क्रममा भुलवश तार छुँदा साहलाई करेन्ट लागेको प्रारम्भिक अनुमान गरिएको इलाका प्रहरी कार्यालय गरुडाका इन्स्पेक्टर ओम प्रकाश यादवले बताउनुभयो । उनलाई गरुडामा सामान्य उपचारपछि थप उपचारको लागि एम्बुलेन्सबाट वीरगञ्जस्थित गण्डक अस्पताल लगिएको थियो ।

त्यहाँ डाक्टरले उनलाई मृत घोषणा गरेको इन्स्पेक्टर यादवले जानकारी दिनुभयो । मृतक साहको शव पोस्टमार्टमका लागि नारायणी अस्पताल वीरगञ्जमा राखिएको गरुडा नगरपालिकाका मेयर कन्थमणि जैसवालले बताउनुभएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

Leave a Reply