नेपालको कार्यपालिका र ब्यवस्थापिकालाई संतुलनमा राख्ने काम न्यायपालिकाले गर्ने गर्दछ भन्ने कुरा सुनिएको पनि हो र धेरै पटक पढिएको पनि हो तर नेपालमा न्यायपालिकाको भूमिकाको बिषयमा कहिलेकाँही निकै आलोचना हुने गर्दछ । बिकास निर्माण लगायतका केही जनसरोकारका बिषयमा सर्बोच्च अदालतले लिने निर्णय वास्तवमा घातक हुने गरेको पाइन्छ । पछिल्लो पटक यस्तै एउटा सर्बोच्चको आदेश बाहिर आएको छ ,जसले बारावासीको मात्र नभइ बिकासको पक्षमा रहेका नागरिकहरुको दाँतमा ढुंगा लागेको छ ।

 

 

बारा बिमान स्थल नेपालीहरुले नै चाहना राखेको कुरा हो ।नेपालीहरुकै चाहना मात्रै होइन अब कामना पनि बारा बिमान स्थलको बिषयमा भएकै हो तर पछिल्लो पटक सर्बोच्च अदालतले बिमान स्थलको कार्य अगाडि नबढाउनका लागि आदेश दिएसँगै बारावासीको मन भाँचिएको छ । वास्तवमा न्यायलयमाथिको बिश्वासपनि कम भएको छ ।

 

 

न्यायलयले त नागरिकहरुको पक्षमा फैसला गर्नुपर्ने हो तर त्यसको उल्टो भएको छ । बारा बिमान स्थलकै पक्षमा सर्बोच्चको फैसला आउनु पर्ने थियो तर उल्टो भएको छ । बिकास निर्माण सहित जनताको प्रत्यक्ष सरोकारको बिषयमा न्यायलयले सकेसम्म नबेलेकै राम्रो हुने थियो बोलेपनि जनताकै पक्षमा फैसला आए राम्रो हुने थियो तर पछिल्लो फैसलले मन कुँडिएको छ । दाँतमा ढुंगा लागे झैं भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here