हरेक वर्ष सरकारले जेठ १ गते संसदमार्फत सरकारको नीति तथा कार्यक्रमको नाममा केही महत्वकाक्षी योजनाहरु सार्वजनिक गर्ने गर्दछ ।सरकारको नेतृत्व जसले गरे पनि झट्ट सुन्दा निकै राम्रो जस्तो लाग्ने नीति तथा कार्यक्रम आउने गर्दछ । हुन त यही नीति तथा कार्यक्रमको आधारमा अबको प्रन्ध दिनपछि सरकारले आगामी आर्थिक वर्षको बजेट पनि ल्याउने गर्दछ तर नीति तथा कार्यक्रम र बजेटले आम नागरिकहरुलाई के दियो भन्ने कुरा चैं महत्वपूर्ण छ ।

वर्षेनी आउने सुन्दा निकै राम्रो जस्तो लाग्ने नीति कार्यक्रमका कारण जनताहरुको जीवन स्तरमा भने केही सुधार आउन सकेको छैन । वषौं अगाडि नीति तथा कार्यक्रम र बजेट सार्वजनक हुदै गर्दा नागरिकहरुले चासो दिएर टिभी हेर्ने गर्दथे, रेडियो सुन्ने गर्दथे तर अहिलेको पुस्ताले सरकारको कुरा खासै पत्याउदैन । किन भने यो पुस्ताले वर्तमान राजनीतिबाट केही आश गरेकै छैन ।यस्तै नीति तथा कार्यक्रम गएको वर्षको जेठ १ गते पनि आएकै हो तर त्यही नीति कार्यक्रमका कारण एक वर्षमा नागरिकहरुको जीवनस्तर कहाँ चैं सुधार आयो भन्ने कुरा महत्वपूर्ण छ । सरकारको नीति कार्यक्रमले नागरिकहरुको जीवन स्तरमा खासै सुधार ल्याउन सकेको छैन ।त्यसैले पनि नीति तथा कार्यक्रम ल्याउने कार्यमा हतारिए जसरी यसको कार्यान्वयनको सवालमा चैं सरकार संचालकहरु बढी गम्भीर बन्न आवश्यक छ ।
















