वीरगञ्ज,जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएसँगै संकटमा परेको सरोज यादव नेतृत्वको मधेस प्रदेश सरकार बनाउन खिचातानी भइरहेको छ ।नयाँ समीकरण अनुसार मधेस प्रदेशको सरकार बनाउन अहिले दुई खाले सत्ता गठबन्धन निर्माण गर्न दहरुले सक्रियता देखाएका छन । तर अहिलेसम्म दुई मध्ये कुनै एउटा गठबन्धनले पनि आकार भने पाइसकेको छैन ।

दश दलको प्रतिनिधित्व रहेको मधेस प्रदेश सभामा १०७ जना सदस्य छन् । जसमध्ये सरकार बनाउन न्यूनतम ५४ जना सांसदको समर्थन चाहिन्छ । अहिले शंभावित नयाँ गठबन्धनमा प्रदेश सभामा रहेका नेकपा एमालेका २५, माओवादी केन्द्रका ९, जनमतका १३ र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का ८ जना मिले भने ५५ सांसद पुग्छ र यही गठबन्धनको सरकार निर्माण हुनसक्ने देखिन्छ ।

तर यो समिकरणमा जनमत र लोसपा नरहेको अवस्थामा नेपाली कांग्रेस, जसपा र नेकपा एकिकृत समाजवादी मिलेर अर्काे गठबन्धन पनि बन्नसक्छ र यसको लागि पनि दलहरुबीच प्रयास भइरहेको छ । यदि यो गठबन्धन निर्माण भएमा कांग्रेसका २२, जसपाका १९, जनमतका १३, लोसपाका ८ र नेकपा एसका ६ जना गरी ६८ सांसद पुग्नेछन् ।राप्रपा, नागरिक उन्मुक्ति पार्टी र रिजवान अन्सारीको संघीय समाजवादी पार्टीका १÷१ जना सांसद भने सत्ता हेरफेरमा मौन छन् ।

Leave a Reply