तराई मधेसमा अलि बढी देखिने समस्या भनेको ध्वनी प्रदूषण पनि एक हो । ध्वनी प्रदूषणका कारण यहाँको बातावरण निकै दूषित भएको पनि देखिन्छ । विशेषगरी कुनै धार्मिक कार्य वा कुनै उत्सव भयो भनेपनि यो क्षेत्रमा निकै ध्वनी प्रदूषण हुने गर्दछ । अरुको स्वास्थ्यमा ख्याल गरेको देखिदैन ।

रमाइलोका लागि सडक नै जाम गरेर भएपनि चर्को श्वरमा डिजेहरु बजाउने गरिन्छ । जुन स्वास्थ्यका हिसावले राम्रो होइन । डिजेले फाइदा गर्दैन । क्षणिक मनोरञ्जन त हुन्छ नै तर यसले दीर्घकालिन असर गर्नेछ ।रमाउन नै नपाउने भन्ने कुरा त हुँदैन । रमाउन पाउने अधिकार सबैलाई छ । चाडवाडमा रमाउन पनि पाउनुपर्दछ । संस्कृति भनेको कुरा सरकारले बन्दुकको नालबाट रोक्ने कुरा पनि होइन र रोकिने कुरा पनि होइन तर होली जस्ता संस्कृतिक वर्ष आएभने प्रहरी प्रशासनले जहिले पनि खबरदारी गर्छ अनि सुधार भएको पनि खासै देखिदैन तैपनि फेरि ध्वनी प्रदूषणमा कमी आएको पनि देखिदैन ।

प्रहरी प्रशासन सधै खबरदारी गर्छन् अनि होलीको नाउँमा समाजमा विकृति उस्तै देखिन्छ । कानुनमा कारबाहीको पनि कुरा होला तर यो प्रहरी प्रशासनले मात्र समाधान गर्ने विषय पनि होइन । प्रहरीले कसैलाई यो विषयमा थुनामा राख्दैमा समस्या समाधान पनि हुने होइन। यसका लागि त जनताको चेतना आउन जरुरी छ । ध्वनी प्रदूषणले आफैलाई खराब गर्छ भन्ने कुरा ब्ुझ्न जरुरी छ ।

Leave a Reply