कलैया,पानी तान्ने ४ वटा विद्युतीय मोटर चोरी गरेको आरोपमा बारा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।प्रहरी चौकी श्रीनगरबैरिया, बाराबाट खटिएको प्रहरी टोलीले पचरौता नगरपालिका वडा नम्बर ३ बस्ने अन्दाजी वर्ष २७ को श्याम सुन्दर सहनीलाई चोेरी गरेको पानी तान्ने मोटरसहित पक्राउ गरेको हो ।गत बुधवार पचरौता नगरपालिका वडा नम्बर ३ रामनगरबाट विभिन्न व्यक्तिहरूको पानी तान्ने ४ वटा विद्युतीय मोटर चोरी भएको सूचनाको आधारमा खटेको प्रहरी टोलीले उक्त मोटरहरू खोज तलास गर्दा सहनीको साथबाट ४ वटा मोटरहरू बरामद गरी चोरी मुद्दामा जिल्ला अदालत कलैयाबाट दिन ४ (चार) म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply