आरके राजन
सिग्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकामा किसानसँग अन्तरक्रिया र नवनियुक्त प्रहरी उपरीक्षकको स्वागत तथा सम्मान गरिएको छ ।सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ स्थित उद्योग वाणिज्य संघको सभा कक्षमा आइतवार अन्तरक्रिया एव स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।

उद्योग वाणिज्य संघ सिम्रौनगढका अध्यक्ष लालबाबु प्रसाद कुशवाहाको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक महेन्द्र खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा किसानको लागि बीउ, मल र किटनासक औषधि उपलब्ध गराउने, भन्सार व्यवस्थापन, अपराध नियन्त्रण, मिटर ब्याजमा अनुसन्धान, तस्करी नियन्त्रण लगायत विषयमा छलफल गरिएको थियो । कार्यक्रममा प्रहरी उपरीक्षक खड्काले कानुनी शासन कायम राख्ने कुरामा आफ्नो प्रतिबद्धता जाहेर गर्नुभएको थियो ।

कार्यक्रममा मधेस प्रदेश सभाकी सांसद राजपती देबी साह जैसवाल, सिम्रौनगढ नगर प्रमुख किशोरी साह कलवार, सिग्रौनगढ नगरपालिकाकी उपमेयर नेजमु शेहर, वडा नम्बर ४ का अध्यक्ष अवधेस सहनी, उद्योग वाणिज्य संघ सिम्रौनगढका पूर्वअध्यक्ष जयन्त कुशवाहा लगायले मन्तव्य राख्नुभएको थियो ।कार्यक्रममा उद्योग वाणिज्य संघ सिम्रौनगढले नवनियुक्त प्रहरी उपरीक्षक महेन्द्र खड्कालाई फूलको माला, अबिर र दोसल्ला ओढाएर सम्मान गरेको छ । सो अवसरमा उद्योग वाणिज्य संघका सदस्य, व्यापारी तथा स्थानीयको उपस्थिति रहेको थियो ।उद्योग वाणिज्य संघ सिम्रौनगढको आयोजनामा भएको कार्यक्रम ईलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रहरी निरीक्षक नवीन राईले सञ्चालन गर्नुभएको थियो ।

Leave a Reply