कलैया,ब्रह्मकुमारी राज योग सेवा केन्द्र बारा कलैयाका जग्गादाता गोपाल अग्रवालको १३औँ दिनको पूण्य तिथिमा श्रद्धन सुमन कार्यक्रम बिहीवार आयोजना गरेको छ ।ब्रह्म कुमारी राजयोग सेवा केन्द्र कलैयाकी मुख्य सञ्चालिका मिना दिदीको अध्यक्षता सम्पन्न उक्त कार्यक्रममा अमृता अनाथालाय बाराका प्रमुख फुलमती बस्नेत, ज्येष्ठ नागरिक समाज बाराका प्रमुख लक्ष्मी चौधरी, गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर प्रसाद यादव, नेपाल राष्ट्रिय नमूना माध्यमिक विद्यालय कलैयाका प्रधानाध्यापक सुकदेव यादव, संविधानसभा सदस्य बलवीर चौधरीलगायतकाले गोपाल अग्रवालले समाजलाई पुर्याएको योगदानको चर्चा गर्दै पार्थीब शरीर नभए पनि आत्मा अमर रहेको र समाजमा उहाँको अभाव सदैब खटकिरहने बताएका थिए ।

Leave a Reply