पुष्पराज खतिवडा
बारा,जिल्लाको जीतपुरसिमरा उपमहानगपालिका वडा नम्बर १ सिमरामा चौथो अन्तर्राष्ट्रिय जीतपुरसिमरा भेट्रान कप फुटबल प्रतियोगिता २०८१ हुने भएको छ ।“खेलाडीहरुको हौसला एवं प्रोत्साहन, खेलकुद नै राष्ट्र र स्वास्थ्यको आयाम” भन्ने नाराका साथ सिमरा भेट्रान क्लब सिमराको आयोजनामा आगामी असोज १ गतेदेखि प्रतियोगिता हुन लागेको हो । प्रतियोगिता बारे शनिवार आयोजकले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।सिमरा रंगशालामा विहान र बेलुकी गरी दुई सिफ्टमा संचालन हुने प्रतियोगितामा नेपालका ९ र भारतका ३ गरी १२ वटा टिमको सहभागिता रहने बताइएको छ ।

प्रतियोगितामा युनिटी क्लब वीरगञ्ज, हेटौडा भेट्रान क्लब, मकवानपुर, चितवन भेट्रान फुटबल क्लब चितवन, रियल फ्रेन्ड भेट्रान सिक्किम, सरस्वती नगर भेट्रान क्लब काठमाण्डौ र हाम्रो धरान फुटबल क्लब धरान सहभागी हुनेछन् ।
यसैगरी कटारी टाईगर भेट्रान क्लब कटारी, पोखरा भेट्रान पोखरा, लेजेन्ड भेट्रान्स, दार्जलिङ्ग भारत, क्लिभ हाउस भेट्रान फुटबल क्लब कलकता भारत र आयोजक सिमरा भेट्रान क्लब सिमराको सहभागिता रहने आयोजक क्लबका सचिव हरि चौधरीले जानकारी दिुनुभयो ।

अर्को एक टिमको भने टुंगो लाग्न बाँकी छ, केही दिनभित्रै टुंगो लाग्ने उहाँले बताउनुभयो । प्रतियोगिताको विजयी टिमले नगद ३ लाख र उप बिजेताले १ लाख ५० हजार रुपैया पुरस्कार पाउने जनाईएको छ ।३२ लाख ५३ हजार रुपैयाको अनुमानित लागतमा प्रतियोगिता सम्पन्न गर्नेगरी गरिने क्लबका अध्यक्ष राजकपुर राउत विजयले जानकारी दिनुभयो । उहाँको संयोजकत्वमा मुल आयोजक समिति गठन गरिएको छ ।
अध्यक्ष राउतका अनुसार भेट्रान प्रतियोगितामा देशभरिमै यो पुरस्कार राशी सबैभन्दा धेरै हो । असोज ५ गतेसम्म चल्ने प्रतियोगिता आन्तरिक तयारी तिव्र रुपमा भइरहेको उहाँले बताउनुभयो ।खेल र खेलाडीलाई प्रोत्सान गर्दै खेल क्षेत्रको विकाससंगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ आयोजना गर्न लागिएको प्रतियोगिताको मुख्य प्रायोजकमा हुलास स्टिल सिमरा रहेको छ । प्रतियोगिताको सहप्रायोजकमा जगदम्बा स्टिल, सिमरा, नेपाल लुब आयल, नेबिल बैंक, सिमरा प्रभु बैंक, सिमरा, यु आर गोल्ड प्रिमियम मसला चिया रहेको छ ।

यसैगरी मुख्य संहयोगी संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय र सहयोगी संस्थाको रुपमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १ देखि २४ वटै वडा कार्यालय र कोयष्ट फर्मास्विटकल्स रहेको छ । यस्तै मेडिकल पार्टनरमा एभरग्रिन तराई हस्पिटल, सिमरा, एल.एस न्युरो हस्पिटल, नौतन बारा, सुसप्त मेडिकल सिमरा रहेको छ ।
ब्रोडकाष्टिङ्ग पार्टनरमा गोल नेपाल डटकम, ईन्सुरेन्स पार्टनरमा लुम्बिनी सगरमाथा ईन्सुरेन्स प्रालि, सिमरा, ईन्टरनेट पार्टनरमा वल्डलिंक सिमरा, लण्ड्री पार्टनरमा यु आर अटोमेटिक लण्ड्री रहेको छ ।
पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नेपाल पत्रकार महासंघ मधेश प्रदेशकी सदस्य लक्ष्मी खरेल, जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २ का वडा सदस्य विशाल घिमिरे, क्लबका सल्लाहकार संयोजक बिनोद परियार, सदस्य राजु तिमल्सिना लगायतको उपस्थिति रहेको थियो ।आयोजक क्लबका अध्यक्ष राउतको अध्यक्षता, क्लबका सल्लाहकार संयोजक बिनोद परियारले स्वागत र सञ्चार क्लबका सदस्य एवं प्रचार प्रसार समितिका संयोजक प्रदिप गौतम संचालनमा पत्रकार सम्मेलन भएको थियो ।

Leave a Reply