अमेरिकी सहयोग नियोगका विषयमा आइतबार थप कुराहरु छताछुल्ल भएका छन् । विभिन्न अनलाइन खबरहरुले प्रधानमंत्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पठाएको पत्रका विषयमा छताछुल्ल भएको हो ।

एमसिसीका विषयमा विभिन्न विवाद र टीकाटिप्प्णी भइरहेको अवस्थामा यी दुई नेताहरुले गरेको खुरापाती सार्वजनिक भएको हो ।

नेपाललाई बिदेशी सहयोग चाहिदैन भन्ने कुरा नै होइन । अमेरिकाको अन्य परियोजनाहरु पनि नेपालमा संचालनमा रहेका छन् । तर यिनीहरुका विषयमा यस्तो हल्ला र विवाद भएन । कार्यक्रमहरु अहिले पनि जारी छन् तर एमसिसीका विषयमा किन अमेरिकाले समेत यस्तो सर्त र चासो राख्यो भन्नेमा प्रश्न उब्जिएको छ । उसले राखेको सर्तले समेत थप आशंका उत्पन्न गराएको छ ।

नेपालका नेताहरुको भूमिका आफैमा शंकास्पद भइरहेको अवस्थामा अमेरिकाको भूमिका पनि शंकास्पद भएपछि झन् विभिन्न आशंकाहरु उत्पन्न भएका छन् । त्यसैले अहिलेका लागि एमसिसी स्वीकार गर्ने अवस्था र संभावना छैन । यदि दलहरुको स्वार्थका कारण पारित हुने अवस्था आए त्यसमा प्रतिवाद गर्न आवश्यक छ ।

Leave a Reply