कलैया,एसईई परीक्षामा अनियमित कार्य गरेको आरोपमा बाराबाट २ जना शिक्षक पक्राउ परेका छन ।बिहीवारबाट शुरु भएको परीक्षामा परक्षा केन्द्रमा बसेर परीक्षार्थीहरूलाई चिट चोराउने कार्य गरेकोले आरोपमा प्रहरीले जिल्ला बारा, देवताल गाँउपालिका वडा नम्बर ६ बर्वा घर भई कलैया उपमहानगरपालिका वडा नम्बर २ स्थित श्री अमर माध्यमिक विद्यालय दोहरीमा कार्यरत शिक्षक वर्ष ४३ को सुरेन्द्रप्रसाद यादव र जिल्ला बारा, आदर्शकोतवाल गाउँपालिका वडा नम्बर ३ भटिनिया घर भई बारागढी गाउँपालिका वडा नम्बर १ मा रहेको श्री जनता माध्यमिक विद्यालय बुधगाईमा गार्डको रूपमा खटिएको वर्ष ४५ को विनोदप्रसाद यादवलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले दिएको जनकारीअनुसार पक्राउ परेका सुरेन्द्रले मोबाईलमार्फत विद्यार्थीलाई चिट चोराउन सहयोग गरेका थिए भने विनोदले नक्कली गार्ड बनेर परीक्षार्थीलाई चिट चोराएका थिए ।
पक्राउ परेका दुबै जनामाथि आवश्यक कारबाहीको लागि प्रकृया अघि बढाइएको प्रहरी प्रवक्ता दधिराम न्यौपानले जानकारी दिनुभयो ।
यसैबीच सर्लाहीको हरिवनस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका एक किशोरले प्रहरी कार्यालयबाटै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् । आत्महत्या दुरुत्साहन मुद्दामा दुई सातादेखि हरिवन प्रहरीको हिरासतमा रहेका हरिवन नगरपािलका– ९, स्थित ज्ञानज्योति आवासिय विद्यालयका एक प्रशिक्षार्थीले प्रहरी कार्यालयबाटै एसइई दिएका हुन् ।
ज्ञानज्योतिको परीक्षा केन्द्र श्री ५ महिन्द्र जनता माध्यमिक विद्यालय बागमती नगरपालिका–११, कर्मैयामा तोकिएको छ । परीक्षा केन्द्रसँग समन्वय गरी प्रहरी कार्यालयमा नै कोठा व्यवस्थापन गरी ती किशोरलाई परीक्षा दिने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिनुभयो । प्रहरी निरिक्षक गिरीका अनुसार ती किशोर आमाको मृत्युपछि आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् । यही मुद्दामा किशोरका बुवासमेत प्रहरी हिरासतमै रहेका हरिवन प्रहरीले जनाएको छ ।

Leave a Reply