रौतहट ५ कार्तिक ।
मङ्सिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको लागि रौतहट निर्वाचन क्षेत्र नम्बर १ प्रति सवैको ध्यान तानिएको छ । रौतहट निर्वाचन क्षेत्र १ प्रतिनिधि सभा सदस्यमा पूर्व प्रधानमंत्री माधव नेपाल चुनावी प्रतिस्पर्धामा आएपछि सवै को ध्यान तानिएको हो । नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष समेत रहेका नेपाल यसपाली रौतहट १ बाट चुनाव लड्दै छन ।

उहाको प्रतिपक्षमा नेकपा एमालेबाट गौर नगरपालिकाका पूर्व नगर प्रमुख अजय कुमार गुप्ता चुनावमा भिड्दै छन । २०७० सालमा तत्कालीन मधेशवादी दल फोरम लोकतान्त्रिकबाट अजय गुप्ता र नेकपा एमालेबाट माधव कुमार नेपाल चुनाव लडेका थिए । सो निर्वाचनमा नेता नेपाल ३३८ मतले निर्वाचित भएको थिए । २०७९ मा नेकपा एसबाट नेपाल र एमाले बाट गुप्ता चुनावी मैदानमा उतरे पछि दुवै जना विच रोचक प्रतिस्पर्धा हुने स्थानीय हरुको भनाइ रहेको छ ।

सत्ता गठवन्धनको संयुक्त उम्मेदवार अध्यक्ष नेपाल रहेका छन भने एमाले र जनता समाजवादी पार्टीको गठवन्धनबाट गुप्ता उम्मेदवार भएर चुनावी दौडमा आएकोले दुवै जना विच कडा प्रतिस्पर्धा हुन सकिने अवस्था रहेको छ । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य रहेका रेवन्त झाले बागी उम्मेदवार भएर प्रतिनिधि सभामा चुनाव लड्दैछन छन । मधेश आन्दोलन देखि अहिले सम्म मधेशी जनताको पक्षमा वकालत गर्दै आएका झा स्वतंत्र रुपमा प्रतिनिधि सभाको उम्मेदवार बनेका हुन ।

नागरिकता विधयेक र मधेशी जनताको हक अधिकारबाट बंचित गर्ने पार्टीको उम्मेदवार नेता नेपाल भएकोले मधेशी जनताले आफुलाई पत्याउने दावी झा को रहेको छ । नेपाली कांग्रेस , नेकपा माओवादी , नेकपा एस , राष्ट्रिय जनमोर्चा तथा लोकतान्त्रिक समाजवादी पार्टी को गठवन्धनको उम्मेदवार रहेका नेपाललाइ निर्वाचित हुन सकस देखिएको छ । २०७४ मा काठमांडू बाट विजयी भएका नेपालले रौतहट क्षेत्र नम्बर १ को विकासमा खासै योगदान नदिएको , केहि व्यक्तिलाइ मात्र प्राथमिकता दिने गरेकोले मत स्थानीय उम्मेदवारलाइ दिने पक्षमा मतदाताहरु देखिएका छन । क्षेत्र नम्बर १ मा सत्ता गठवन्धनको स्थानीय सरकार रहेकोले नेपाललाइ बढी मत आऊंन सकिने अनुमान धेरै जनाको रहेको छ ।

गौर नगरपालिका र राजदेवी नगरपालिकामा नेकपा एस को निर्वाचित जनप्रतिनिधि रहेको छ । यमुनामाई गाउंपालिकामा लोसपा , दुर्गा भगवती गाउपालिकामा नेकपा माओवादी केंद्रको प्रतिनिधित्व रहेका छन । माधव नारायण नगरपालिकामा नेपाली कांग्रेस र गढीमाई नगरपालिकामा नेपाली कांग्रेसका नेतृत्व रहेका छन । चुनावी प्रचार प्रसारमा उम्मेदवारहरु होमिएपछि स्थानीयहरु मौन रहेका छन । अहिले चुनाव नेताहरुमा मात्रै लागेको देखिएको छ ।

दुइ गठवन्धन भएकोले मतदाताहरु आफ्नो गठवन्धनमा नै रहेको छ । नेताले गठवन्धन गरेको हो जनताले गरेको होइन स्थानीय मतदाताको कथन रहेको छ । माधव नेपालको प्राथमिकतामा रहेका रामकुमार भटराई , कल्याणी खडका , डाक्टर बंशीधर मिश्रा प्रचार प्रसार मा नेता नेपाल संगै क्षेत्रमा घूमी रहेका छन । भटराईको कारन केहि नकारात्मक असर पनि मतदाताहरुमा देखिएको छ । नेता नेपाल निर्वाचित भएपछि बढी कुरो भटराईको सुनने भएको कारन मतदाताहरु नेपालको पक्षमा मतदान गर्न सकिने अवस्थामा रहेको छैन । ब्राह्मण , राजपूत , भूमिहार , कायस्थ समुदायका व्यक्तिहरू माधव नेपालको समर्थनमा बढी भएपनि अन्य समुदायका मतदाताहरु गुप्ताको पक्षमा बढी झुकाव देखिएको छ ।

स्वतंत्र उम्मेदवार रेवन्त झाको कारन केहि असर नेपाल प्रति हुन सकिने अवस्था रहेको छ । जनता समाजवादी पार्टी नेपालका कार्यकर्त्ताको मत झा को पक्षमा केहि संख्यामा जन सकिने अनुमान रहेको छ । बुद्धिजीवीहरुको मत पनि नेपाल तरफमा जन सकिने अवस्था रहेको विश्लेषण गरिदै छन । मतदानको समय बढी रहेकोले चुनावको समय नजिक आएपछि समीकरणमा उलट फेर पनि हुन सकिने आशंका रहेको छ । ग्रामीण स्तरमा अहिले चुनावको असर कम रहेकोले मतदाताहरु खुल्न सकेका छैन मौन बसेका छन । नेताहरुको गतिविधि नजिकबाट स्थानीयहरु हेरिरहेका छन। बर्तमान अवस्थामा नेता नेपाल भन्दा बलियो अवस्थामा गुप्ता रहेको स्थानियहरुको अनुमान रहेको छ ।

Leave a Reply