बिदुर खडका
डुमरवाना,पछिल्लो समय जीतपुरसिमरा उपमहानगरपालिका क्षेत्रमा संञ्चालित सामुदायिक विद्यालयहरुमा विद्यार्थीको चाँप बडेको छ ।नगरपालिकाले शिक्षा सुधारको योजना र शिक्षकहरुलाई स्कुल स्थानान्तण गरेपछि सरकारी विद्यालयहरुमा पनि विद्यार्थीको चाँप बढेको हो ।सिमरास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय सिमराका प्रधानाध्यापक शंकर आचार्यका अनुसार हालका दिनमा नगरपालिकाले शिक्षा क्षेत्रमा चासो देखाएको कारण ५० प्रतिसत विद्यार्थीहरु निजी स्कुलहरुबाट सामुदायिक विद्यालयमा भर्ना हुन आएका छन ।
एक फरक प्रसंगमा प्रअ आचार्यले विद्यालयहरुमा विद्यार्थीको चाँपअनुसार पढाइको गुणस्तर सुधारको लागि विद्यार्थीहरुबाट केहि शुल्क लिने र नगरपालिकाले शिक्षकको व्यवस्थापन गर्ने भनाई छ ।यता जीतपुरको फकिरा गिरी माध्यमिक विद्यालयका प्रअ राजु सिंहका अनुसार चालु शैक्षिक सत्र शुरु भएपछि कक्षा १ देखि ९ संम्म ३ सय विद्यार्थी भर्ना भएको बतााउनुहुन्छ । विद्यार्थीको चाँप बढेपछि शिक्षक व्यवस्थापन र गुणस्तर सुधारको लागि वडा कार्यालय र नगरपालिकाले जिम्मा लिएको सिंहको भनाई छ ।


















