पुष्पराज खतिवडा
मनहर्वा,प्रहरीले लागु औषध सहित २ जना मानिसलाई मंगलवार मध्य राती पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाराले राती १२ः३० बजे पक्राउ परेका नुवाकोट जिल्ला पञ्चकन्या गाउँपालिका वडा नम्बर ३ बस्ने २७ वर्षका विवस कार्की र चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ बस्ने ३१ वर्षका ववी तामाङलाई बुधबार सार्वजनिक गरेको हो ।
उनीहरुको साथबाट प्रहरीले लागु औषध नोरफिन १८ पिस, फेनारागन १७ पिसडाईजोपाम १८ पिस हेलमेट भित्रबाट बरामद गरेको जनाएको छ ।

प्रहरीले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगन्जमा वीरगञ्जबाट हेटौडातर्फ जादै गरेको प्र.३–०२–००९ प ४७३८ नम्बरको शंकास्पद मोटरसाईकल रोकी चेकजाँच गर्नेक्रममा मोटरसाईकलमा सवार काकी र तमाङले लगाएको हेलमेटभित्र लुकाई राखेको अवस्थामा लागु औषध र सुई बरामद भएको हो ।पक्राउ परेकाहरु विरुद्ध लागु औषध मुद्दामा कानुनी प्रक्रिया अगाडि बढाइएको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply