निजगढ,नेपाल रेडक्रस सोसाइटी निजगढ उपशाखाले विश्व रेडक्रस दिवसका अवसरमा बुधवार माल्यापर्ण कार्यक्रमको आयोजना गरिएको छ ।निजगढ ९ स्थित रेडक्रम भवनमा भएको सो कार्यक्रममा रेडक्रसका संस्थापक ‘जँ हेनरी ड्युना’को तस्बिरमा माल्यार्पण गरिएको थियो । उपशाखा सभापती अध्यक्ष रुद्र धिताको अध्यक्षतामा भएको सो कार्यक्रममा बारा जिल्ला शाखा उपमन्त्री कृष्णप्रसाद खरेल, जिल्ला शाखा सदस्य नारायण शर्मा, सार्वजनिक माविका प्रअ हस्तबहादुर लामा, उपशाखा सहसचिव बासुदेव तिमल्सिनाले रेडक्रस दिवसको महत्वको बारेमा बोल्नुभएको थियो । कार्यक्रमको संचालन शाखा सदस्य विष्णु खडकाले गर्नुभएको थियो ।सन् १८६३ मा विश्वमा रेडक्रस अभियानको सूत्रपात गर्ने रेडक्रस अभियानका संस्थापक जँ हेनरी ड्युनाको जन्मदिनको अवसर पारेर हरेक वर्ष मे ८ मा यो दिवस मनाइन्छ । यस वर्ष ‘मानवतालाई जीवित राखौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो ।



















