रौतहट,रौतहटमा सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका ई–रिक्सा र टेम्पुहरूमाथि कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय तथा गौर ट्राफिक कार्यालय रौतहटबाट खटिएको संयुक्त प्रहरी चेकिङ टोलीले चेकजाँचपछि मंगलबारबाट उनीमाथि कारबाही गरेको हो ।गौर एरियामा चल्ने ई–रिक्सा (डाँफे रिक्सा) तथा टेम्पुहरूमध्ये सवारी चालक अनुमति पत्र नलिई सवारी चलाएका २३ वटा ई–रिक्सा (डाँफे रिक्सा), टेम्पुहरू नियन्त्रणमा लिई सवारी तथा यातायात व्यवस्थापन ऐन २०४९ को दफा १६४ अनुसार कारबाही गरिएको प्रहरीको भनाई छ । उनीहरूलाई यथाशीघ्र सवारी चालक अनुमति पत्रको आवेदन फारम भर्न लगाई छाडिएको छ ।

Leave a Reply