वीरगञ्ज,नवलपुर–मलंगवा सडक खण्ड अन्तर्गत सर्लाहीको मलंगवा नगरपालिका– ११ गम्हरियामा भारतीय नम्बरका दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक किशोरको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् ।तीव्र गतिमा रहेका बीआर ३० डी ३५१८ र बीआर ०६ बीपी ४१७२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मलंगवा नगरपालिका–११ गम्हरियाका १५ वर्षीय विकास रायको ज्यान गएको हो ।रायको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।दुर्घटनामा त्यही ठाउँका १६ वर्षीय नीरज पटेल र १७ वर्षीय रोशन पासवान गम्भीर घाइते छन् । उनीहरू दुवैलाई उपचारका लागि वीरगञ्ज रेफर गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

Leave a Reply