सिकिन्द्र साह
सिम्रौनगढ,बाराको आदर्श कोतवाल गाउँपालिकामा आगलागी हुँदा लाखौं मूल्यको धनमालमा क्षति पुगेको छ ।
गाउँपापालिकाको वडा नम्बर ६ लउकाहा पटेर्वा चोकमा मंगलवार राति ग्यास लिंक हुँदा जयसवाल होटलमा आगालागी हुन पुगेको हो । आगलागीबाट लाखौं मूल्यको क्षति भएको होटल सञ्चालक पपु जयसवालले जानकारी दिनु भएको छ । आगलागीबाट फ्रीज, कोल्ड ड्रिक्स, केही नगद र फर्निचर लजेर नष्ट भएको छ । आदर्श कोतवालमा बारुण यन्त्र छैन र सिम्रौनगढको बारुण यन्त्र पनि बिग्रेको अवस्थामा रहेकाले आगो नियन्त्रणको लागि महागढीमाई नगरपालिकाबाट बारुण यन्त्र ल्याइएको थियो ।
महेन्द्र आदर्श प्रहरी कार्यलयका प्रहरी नायब निरीक्षक जीवन खड्काको कमान्डमा खटिएको प्रहरी र स्थानियको सहयोगमा आगो नियन्त्रणमा लिएको थियो ।आगलागीबाट होटलमा करिब ११ लाख रुपैयाँ क्षति भएको जनाइएको छ । होटलबाट सल्केको आगोबाट देव जनता अस्पतालको बेड र फर्निचर पनि चलेको छ ।अस्पतालमा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जानकारी दिएको छ । सहकारी तथा लघुवित्तबाट कर्जा लिएर होटेल सञ्चालन गरेको र आगलागीबाट आफ्नो सम्पूर्ण लगानी क्षति भएको होटल सञ्चालक जयसवालले बताउनुभयो ।



















