निजगढ,बाराको कोल्हवीमा लागु औषध विरुद्ध दुव्र्यसन चुनौति र न्यूनीकरण विषयक अन्तरकृया कार्यक्रमको आयोजना गरिएको छ । मधेस प्रदेश सरकारको गृह, सञ्चार तथा कानून मन्त्रालयले आयोजना गरेको कार्यक्रममा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले शनिवार उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा मधेस प्रदेशमा लागु औषध प्रयोग र ओसार पसारको अवस्था, नियन्त्रणमा गरिएका प्रयास र उपलब्धि तथा आगामी दिनमा गर्ने कार्ययोजनाहरुको बारेमा जानकारी गराईएको छ । साथै लागु औषध प्रयोग गर्दा हुने हानी र कानूनी सजायको विषयमा पनि जानकारी गराईएको छ ।कार्यक्रममा कोल्हबी, निजगढ नगरपालिका र बारागढी तथा करैयामाई गाउँपालिकाका जनप्रतिनिधि, विद्यालय र क्याम्पसका विद्यार्थीहरुलाई लागूऔषध दुव्र्यसनबाट हुने हानी नोक्सानीहरु बारेमा जानकारी गराईएको छ ।

कार्यक्रममा मधेस प्रदेश गृह, सञ्चार तथा कानून मन्त्रालयका उच्च अधिकृतहरु, प्रदेशसभा सांसदहरु, बाराका विभिन्न पालिकाका प्रमुख, प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि,विद्यार्थी र स्थानीयवासीको पनि उपस्थिति रहेको गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीको सचिवालयले जनाएको छ ।यसैबीच मधेस प्रदेशका मन्त्री लेखीले इलाका प्रहरी कार्यालय निजगढको निरीक्षण र स्थानीय जनप्रतिनिधि तथा नेकपा एमाले पार्टीका कार्यकर्ताहरुसंग शुक्रवार भेटघाट गर्नुभएको छ ।
कोल्हबीमा आयोजना गरेको लागु औषध नियन्त्रण सम्बन्धि कार्यक्रममा सहभागी हुन जाने क्रममा मन्त्री लेखीले इलाका प्रहरी कार्यालयको निरीक्षण र कार्यकर्ताहरुसंग भेटघाट गर्नुभएको हो । सो कार्यक्रममा निजगढ नगरपालिकाका नगर प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले इलाका प्रहरी कार्यालयको भवन निर्माण, रतनपुर र सिंगौलमा रहेको अस्थायी प्रहरी चौकीलाई स्थायी बनउनुपर्ने र निजगढमा प्रदेश स्तरीय लागु औषध दुव्र्यसनीको लागि पुनस्र्थापना केन्द्र निर्माण गर्नुपर्ने लगायतको माग गर्नुभएको थियो ।

मन्त्री लेखीले इलाका प्रहरी कार्यालयको भवन निर्माणको लागि बजेट छुट्याइएको र यसै वर्षदेखि निर्माणको काम सुरु गरिने आश्वासन समेत दिनुभएको थियो । कार्यक्रममा निजगढ नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सूर्यबहादुर थापा मगर, निजगढ नगरपालिका कार्यपालिका सदस्य अरुणा विक, एमाले मधेस प्रदेश कमिटी सदस्य अम्बिका चौलागाई, अन्जु नेपाली, नेकपा एकिकृत समाजवादी निजगढका अध्यक्ष भिमसेन सापकोटालगायत एमाले कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here