काठमाण्डौ – प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा मंगलवार भएका खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब र कोशी प्रदेश विजयी भएका छन् ।मूलपानीमा भएको खेलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ३ विकेटले हरायो । सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १४ ओभर १ बलमा ७ विकेट गुमाएर भेटायो । एपीएफका सन्दीप जोराले नट आउट १८ रन बनाए । सुदूरपश्चिमका दीपक चन्दले ४ र नरेन साउदले ३ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको सुदूरपश्चिम १६ ओभर २ बलमा ८७ रनमा अल आउट भयो । सुदूरपश्चिमका नारायण जोशीले नट आउट ३१ रन बनाए । एपीएफका चन्दन रामले ५, भुवन कार्कीले ३ र कप्तान रोहित पौडेलले २ विकेट लिए । यो जितसँगै एपीएफले ८ खेलमा १० अङ्क जोडेको छ । सुदूरपश्चिमको उति नै खेलमा ८ अङ्क छ ।

यस्तै कीर्तिपुरमा भएको खेलमा कोशीले लुम्बिनी प्रदेशलाई १६ रनले हरायो । कोशीले लगातार ८ हारपछि पहिलो जित हात पारेको हो । कोशीले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको लुम्बिनी ४६ ओभर ५ बलमा १ सय ५६ रनमा अल आउट भयो । लुम्बिनीका दिलसाद अलीले ३२ रन बनाए । कोशीका सौजन घिमिरेले ३ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको कोशी ४४ ओभर ४ बलमा १ सय ७२ रनमा अल आउट भयो । कोशीका कप्तान अङ्कित सुवेदीले ४९, सौजन घिमिरेले ४३ रन बनाए । लुम्बिनीका नर सार्कीले ४ विकेट लिए । समान २ अङ्कसहित लुम्बिनी नवौँ र कोशी पुछारमा छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here