कलैया,बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १७ लाई पुर्णखोप वडा घोषणा गरिएको छ ।कार्यक्रमका प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिकाका स्वास्थ शाखाका प्रमुख अजयकुमार जयसवाल र वडा अध्यक्ष दिपेन्द्र महतोले एक कार्यक्रमका बीच उक्त वडालाई पुर्णखोप वडा घोषणा गरेका हुन ।

उक्त अवसरमा ब्रहम्पुरी आधारभुत स्वास्थ्य सेवा केन्द्रका प्रमुख श्यामप्रमेश्वर साह, स्वास्थकर्मी स्वेता कुशवाहा, नेहा पटेल, महिला स्वास्थय स्वयम सेविका ईन्दु देवी, रिन्कु कुशवाहा, गणिता कुमारी, सुनिता पासवानलाई सम्मानित गरिएको थियो ।
उनीहरुलाई प्रशंसा पत्र प्रदान गरी सम्मानित गरिएको हो ।वडा अध्यक्ष दिपेन्द्र महतोको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत केन्द्रका प्रमुख श्याम परमेश्वर कुशवाहा एवम् सञ्चालन विकास कुशवाहाले गर्नुभएको थियो ।
















