पुष्पराज खतिवडा
मनहर्वा,लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा बडहर्वामा सोमवार एकदिने लंैगिक हिंसा विरुद्ध किशोरकिशोरी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा वडा नंम्बर ८ स्थित बडहर्वा स्कुलमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमको वडा अध्यक्ष चतुरबाबु वाग्लेले उद्धाटन गर्नु भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष वाग्लेले लिंगकै आधारमा कसैमाथि हिंसा गर्नु अपराध हुने बताउनु भयो । हिंसालाई कसैले बढावा दिन नहुने र सहन पनि नहुने उहाँको भनाई थियो । वडा अध्यक्ष वाग्ले कुनै पनि किसिमको महिला हिंसाको विरुद्ध कानुनी उपचार खोज्नु पर्ने बताउनुभयो ।माध्यमिक विद्यालयका कक्षा ८, ९, १०, ११ र १२ मा अध्ययनरत छात्रछात्राहरुलाई कार्यक्रममा सहभागी गराई हिंसाका प्रकार र न्यूनीकरणका उपायको खोजी गरिएको थियो ।
सहभागीहरुलाई समुहमा विभाजन गरी महिला तथा पुरुषले गर्ने दैनिक कार्यका विषयमा छलफल गराई प्रस्तुतीकरण समेत गराईएको थियो । कार्यक्रममा वडा नम्बर १४, १५, १६, १७ र १८ मा रहेका आधारभुत तहदेखि माध्यमिक तहका विभिन्न विद्यालयका ५० जना छात्रछात्राको सहभागिता रहेको थियो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यपालिका सदस्य बुद्धकुमारी अधिकारी, पवित्रामाया कार्की, प्रभावती देवी पासवान, नगरसभा सदस्य सोममाया रिमाल लगायतको सहभागिता थियो ।सहभाागीलाई जीतपुरसिमरा उपमहानगरपालिका महिला बालबालिका तथा समाज कल्याण शाखाकी प्रमुख दुर्गा न्यौपाने र दोभाषे सहजकर्ता रेखा श्रेष्ठले सहजीकरण गर्नु भएको थियो ।नगरपालिकाले पालिका सबै वडालाई समेटने गरी अमललेखगजं, बडहर्वा, बकुलिया, छातापिपरा, हरपुर, पथलैया र जीतपुरस्थित पालिका परिसरमा गरी ७ ठाउँमा कार्यक्रम गर्ने जनाईएको छ । निर्धारित कार्यक्रम अनुसार सोमवार बडहर्वामा कार्यक्रम भएको हो ।
मंसिर १६ गते अमलेखगंजबाट शुरु भएको कार्यक्रम २४ गते जितपुरमा समापन गरिने कार्यक्रमकी सहजकर्ता न्यौपानेले जानकारी दिनुभयो ।

Leave a Reply