निजगढ,प्रदेश नम्बर २ मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रम अन्तर्गत निजगढ नगरपालिका वडा नम्बर ८ स्थित श्री गौरीशंकर माध्यमिक विद्यालयका कक्षा ८ मा अध्ययन गर्ने ७२ जना छात्रालाई आइतबार बिहान साइकल वितरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि बारा क्षेत्र नम्बर १ ‘क’ बाट प्रदेशसभा सद्स्य त्रिलोकीप्रसाद चौधरी, निजगढ नगरपालिकाका प्रमुख सुरेश खनाल र उपप्रमुख लिलादेवी लामिछानेले एक समारोहबीच गत वर्ष कक्षा ८ उर्तिण गरेका विद्यालयका ७२ जना छात्रालाई १÷१ थान साइकल वितरण गर्नुभएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एंव निजगढ नगरपालिका वडा नम्बर ८ का अध्यक्ष टेकबहादुर लामाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश सभासद चौधरी, नगरपालिकाका प्रमुख खनाल र उपप्रमुख लामिछानेले आफनो मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बोल्दै सभासद चौधरीले प्रदेश सरकारले संचालन गरेको बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमले प्रदेश नम्बर २ का छोरी÷चेलीहरुको सशक्तीकरणमा महत्वपुर्ण भूमिका निर्वाह गरेको बताउनुभएको थियो । उहाँले आगामी वर्ष आफनो संसदीय विकास कोषबाट प्राप्त हुने रकमबाट विद्यालयको भौतिक निर्माण निम्ति लागि २५ लाख सहयोग गर्ने घोषणा पनि गर्नुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख खनाल र उपप्रमुख लामिछानेले विद्यालयको चौतर्फी विकासको लागि निजगढ नगरपालिकाको तर्फबाट यथासक्य सहयोग उपलब्ध गराइने बताउनुभयो ।

विद्यालयका शिक्षक देबबहादुर वाइवाले सहजीकरण गर्नु भएको सो कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बन्द्रीनारायण झाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको विद्यालयका लेखापाल रुद्र धितालले जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

यसैबीच वीरगन्जको श्रीपुरस्थित नेपाल राष्ट्रिय विद्यापिठ माध्यामिक विद्यालयका ९८ जना छात्रालाई साइकल वितरण गरिएको छ । प्रदेश २ को ‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ अभियानअन्तर्गत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोककुमार टेमानीको अध्यक्षतामा एक औपचारिक कार्यक्रमबीच कक्षा ८ मा अध्ययनरत छात्राहरुलाई साइकल वितरण गरिएको हो । वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष प्रद्युम्न सेढाईं, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेमानी, सल्लाहकार अरबिन्द गुप्ता, प्रकाश खण्डेलवाललगायतले छात्राहरुलाई साइकल वितरण गर्नुभएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here