नेपाल र भारत खुला सीमा छ अनि आवतजावतमा पनि सहज छ । त्यसो त नेपाल र भारतको सम्बन्ध विशेष पनि छ । यि दुई देशबीचको सम्बन्धलाई ‘रोटी–बेटी’ को सम्बन्धको रुपमा पनि ब्याख्या हुने गरेको छ ।नेपाल र भारत दुई देश भए पनि भावना र व्यवहारले एउटै देश जस्ता छन । त्यसैले पनि कसैले चाहदैमा नेपाल र भारतको सम्बन्ध टुटाउन सक्दैन । भारतका विरुद्धमा नाराबाजी गर्दैमा राष्ट्रवादी पनि हुने होइन, किनभने भारतमा पनि नेपाललाई माया गर्ने भारतीय हजार छन् । त्यसैले यो राजनीतिक कुरामा भन्दा पनि यहाँ सामाजिक कुरामा भने बेला बेलामा बहस र नीति बनाउन आवश्यक छ ।

दशकअगाडि त नेपालमा भारतीय अपराधी समूहको एकदमै चलखेल थियो नै बारा र पर्सामा भारतीय अपराधीहरुले दर्जनभन्दा बढी नेपाली नागरिकहरुको यो वा त्यो कारणले हत्या पनि गरेकै छन् । पछिल्लो समय यस्ता घटनामा केही कमी आएको पनि छ ।
यही बीचमा पर्सा प्रहरीले एक जना भारतीय अपराधीलाई गोली हानेर पक्राउ गरेको जनाएको छ । जसरी पक्राउ गरेपनि अपराधमा संलग्न व्यक्ति कानुनी कठघरामा आउनु राम्रो कुरा हो । यस्तालाई जस्तो कारबाही गरे पनि कमै हुन्छ । त्यसैले प्रहरीले गरेको कारबाहीमा त्यस्ता मान्छेमाथि धेरै साहनुभूति जनाउने कुरा आउदैन ।तर, पनि यस्ता व्यक्तिहरु नेपाल र भारतको खुला सीमाको फाइदा उठाएर अपराधमा संलग्न भइ नेपाल वा भारतमा लुक्ने गरेका छन् । अपराधी नेपाली भारती जो भए पनि अपराधी नै हुन ।
त्यसैले यिनीहरुलाई नियन्त्रणमा लिइ कानुनी कारबाहीका लागि र शान्ति सुरक्षा स्थापनाका लागि नेपाल र भारतको एकीकृत रुपमा नीति बनाएर कार्यान्वन गर्न जरुरी छ । अनि मात्रै अझै समाजलाई शान्त बनाउन सकिन्छ र बब्लु पासवान जस्ता अपराधिहरुको पनि सदाको लागि अन्त्य हुनेछ ।

















