काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग भेटवार्ता गरेका छन्। आइतबार नयाँदिल्ली पुगेका प्रधानमन्त्री शाहले सोमबार राष्ट्रपति मुर्मुसँग शिष्टाचार भेट गरेका हुन्।
यसअघि प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गरेका थिए। भेटका क्रममा नेपाल र भारतबीच विभिन्न विषयमा समझदारीसमेत भएको थियो।
प्रधानमन्त्री मोदीले आयोजना गरेको दिवाभोजमा सहभागी भएपछि शाह राष्ट्रपति मुर्मुसँगको भेटवार्ताका लागि राष्ट्रपति भवन पुगेका थिए।
भारत भ्रमणका क्रममा उच्चस्तरीय भेटवार्ता तथा द्विपक्षीय समझदारीका कार्यक्रम सम्पन्न गरेका प्रधानमन्त्री शाह आजै स्वदेश फर्किने कार्यक्रम रहेको छ।

















