कृष्णमोहन साह
सेढवा,पर्साको जिराभवानी गाउँपालिकामा वातावरण तथा वन्यजन्तु सम्बन्धि विद्यालय शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
जिराभवानी गाउँपालिका वडा नम्बर दुई काठमाण्डौँ टोलमा रहेको श्री वन शक्ति आधारभूत प्राथमिक विद्यालयमा कार्यक्रम सम्पन्न भएको हो ।

डिभिजन वन कार्यालय पर्साको आयोजना तथा सब डिभिजन वन कार्यालय बसन्तपुरको सहजीकरणमा आयोजना गरिएको कार्यक्रममा सहभागी विद्यार्थीलाई वन र वन्यजन्तुको संरक्षणको महत्व बारेमा प्रशिक्षण दिइएको थियो ।सब डिभिजन कार्यालय बसन्तपुरका सहायक वन अधिकृत सुमन पाण्डेले प्रशिक्षण दिनुभएको थियो भने कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालय पर्साका सहायक वन अधिकृत रामपुकार यादवले गर्नुभएको हो ।कार्यक्रममा विद्यालयमा प्रधानाध्यापक गोबिन्द मिर्दाहा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णमोहन साह लगायत शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो ।

Leave a Reply