राजनीतिक दललहरुको आफ्ना बाध्यात होलान् स्वार्थ पनि होलान् तर नीति निर्माणको सवालमा पनि यीनै राजनीतिक दलहरु छन् । कार्यान्यवनका सवालमा पनि उनीहरुकै दायित्व बढी छ तर नेपालको सवालमा भने एउटा उखान ‘जो अगुवा उही बाटो.. भनेको जस्तो भएको छ । नियम एकातिर बनाउने अनि काम अर्कोतिर गर्ने ।

प्रसंग हो, कोरोनाको कोरोनाको तेश्रो लहर भित्रिएको कुरा चित्रित्सकहरुले बताएका छन् । उनीहरुले खबरदारी पनि गरेका छन् । संभावित तेश्रो लहरबाट बच्न पनि उनीहरुले भनेका छन् तर उनीहरुको भनाइलाई राजनीतिक दलहरुले अवज्ञा गरेका छन् । यसको उदाहरण कलैया, वीरगन्जमा नै देखिएको छ । जहाँ नेकपा एमालेले सयौं कार्यकर्तालाई भेला गराएर पार्टी कार्यक्रमहरु संचालन गरिरहेको छ ।

बिभिन्न राजनीतिक दलले बिभिन्न बाहना बनाएर गरिएको प्रदर्शनका काराण पनि समस्या भइरहेको हो । माग जायज होला तर अहिलेका लागि भीडको कार्यक्रम बन्द गर्नु नै पर्दछ । कलैयामा बुधबार यस्तै भीडको कार्यक्रम भएको छ भने मंगलबार वीरगन्जमा । कुनै एक राजनीतिक दल नभइ यसमा सबै दोषि छन् ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here