वीरगञ्ज,भ्रष्टाचारको आरोप लगेका मालपोत कार्यालय पर्साका एक जना नायब सुव्बा छानबिनका लागि भूमि व्यवस्थापन तथा अभिलेख विभागमा तानिएका छन् ।मालपोत कार्यालयमा रहेका स्रेस्ता र मोठको रेकर्ड नष्ट गरी सरकारी, सार्वजनिक र एक व्यक्तिको सम्पत्ति अर्को व्यक्तिको नाउँमा रजिष्ट्रेशन पास गरेको आरोप लागेका नायव सुब्बा राजेश्वरप्रसाद साहतेलीलाई विभागमा काज सरुवा गरिएको हो ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागले तेलीको नाउँमा पत्र पठाई विभागमा तत्काल हाजिर हुन भनेको छ । विगत ७ वर्षदेखि मालपोत कार्यालयको मुद्दा र प्रशासन फाँटको जिम्मेवारी सम्हाल्दै आएका तेलीले जनताको सम्पत्ति सुरक्षा नगरेको स्थानीयवासीले आरोप लगाएका छन् ।पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर २ का दिलशेर मियाँ धोवीको २८ कठ्ठा जग्गा अर्कैै व्यक्तिको नाउँमा रजिष्ट्रेशन पास गरेका थिए । उनले वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ मा रहेको सरकारी सार्वजजिक जग्गा समेत चौधरी ग्रुपको नाउँमा पास गर्न भूमिका खेलेको आरोप उनीमाथि लागेको छ ।नायव सुब्बा राजेश्वरप्रसाद साहले विभागका महानिर्देशक र मन्त्रालयका सचिवलाई आफूले प्रभावमा पारेकोले आफूलाई कसैले केही गर्न नसक्ने बताउदैआएका थिए ।

















