नरेश गुप्ता

बरियारपुर,कोल्हवी नगरपालिका– ३ सखुहवा जडीबुटीबाट घरेलु हतियार र बन्दुकसहित दुईइजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा कोल्हवी नगरपालिका– ३ बस्ने ५० बर्षीय सुवन्स चौधरी र सोही नगरपालिका– ५ बस्ने ४२ बर्षीय दिपेन्द्र चौधरी रहेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट १ थान थ्रि नट थ्री जस्तो देखिने घरेलु हतियार, १ थान भरुवा बन्दुक जस्तो देखिने घरेलु हतियार र ४ राउण्ड गोली बरामद भएको हो । सब डिभिजन वन कार्यालय कोल्हबी र तामागढी वन व्यवस्थापन समितिबाट खटिएको संयुक्त वन गस्ती टोलीले उनीहरूलाई उक्त हातहतियार सहित फेला पारी आवश्यक अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय कोल्हबीमा बुझाएको छ । घटनामा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here