राजन कुमार बानिया
पोखरिया,
नेपाल प्रहरीले पर्साको कालिकामाई गाउँपालिका छापमारी गरि ठुलो परिमाणमा लागू औषध चरेशसहित एक जनालाई पक्राउ गरेको छ ।कालिकामाई गाउँपालिका वडा नम्बर १ डोनडोबिया गाउँस्थित मथुरा राउत कुर्मीको घरमा लागू औंषध चरेश लुकाइछिपाई राखेको विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पोखरियाबाट प्रहरी निरीक्षक मोहनबिक्रम केसीको कमान्डमा खटिएको प्रहरी टोलीले शनिवार बिहान २ः३० बजे छापामारी गरी सो परिमाणको चरेश बरामद गरेको हो ।

घरको बरन्डामा सिमेन्टको बोराभित्र राखिएको ३१ वटा चारपाटे आकारको पोकामा १७ किलो लागू औंषध चरेश फेला पारी उक्त लागू औंषधसहित मथुरा राउत कुर्मीको छोरा बृजेशप्रसाद कुर्मीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय पोखरियामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमारबिक्रम थापाले जानकारी दिनुभयो ।

Leave a Reply