जीतपुर,जीतपुरसिमरा उपमहानगरपालिका २२ अमलेखगंजमा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह अन्तर्गत आइतबार कलश यात्रा निकालिएको छ ।फागुन २८ गतेदेखि चैत्र ०५ गतेसम्म शिद्धबाबा मन्दिर जाने बाटो निर्माण तथा टहरा निर्माणको सहयोगार्थ आयोजना हुन गइरहेको श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा प्रखर युवा वाचक पण्डित श्री राघव उपाध्यायले संगितमय कथा प्रवचन गर्नुहुने छ ।आयोजकले कथा श्रवण गरी पुण्य आर्जन गर्नुहुन संगितमय भागवत कथामा धार्मिक संगित तथा भजनले श्रद्र्धालुभक्तजनलाई मन्त्रमुग्ध गरिने जनाएको छ ।अमलेखगंजको (शिद्धबाबा बिटुमिन परिसर) मा आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताहमा हरेक दिन बिहान ६ बजे देखि १०ः३० सम्म पुजा पाठ पारायाण ११; २० वजेदेखि ४ बजेसम्म कथा प्रवचन २०७९ चैत्र ०४ गते शनिबार साँझ लक्ष्वर्तिका (लाखबती) प्रज्वलन, २०७९ चैत्र ५ गते आइतबार दिनको १ बजे प्रसाद ग्रहण, तिलाचर्न र पुर्नाहुती, विसर्जनको कार्यक्रम रहेको प्रचारप्रसार समितिका अध्यक्ष ठाकुर भट्टराईले जानकारी दिनुभयो ।



















