निजगढ,निजगढ सुपरमार्टले निजगढमा नयाँ मार्ट संचालनमा ल्याएको छ ।निजगढ नगरपालिका वडा नम्बर ७ स्थित सहिद चोकमा संचालनमा आएको सो मार्टको शनिवार निजगढ नगरपालिकाका प्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिङ्गले उद्धाटन गर्नुभएको थियो ।निजगढ सुपरमार्टले पुरानो मार्टलाई कायम राखेर थप लगानीमा नयाँ स्किमका साथ पसल संचालन गरेको हो ।मार्टका प्रोपराइटर अमृत गौतमका अनुसार मार्टले अब आफ्ना ग्राहकहरुको पहिचान कार्ड तयार पारेर खरिद गरेको सामग्रीको मूल्य अनुसार भौचर प्रदान गर्ने र बार्षिक रुपमा थप सामग्री प्रदान गर्ने बताउनुभयो ।उहाँले ओपेनिङ्गको अवसर पारेर मार्टले भाद्र महिनासम्म आफ्ना ग्राहकहरुलाई सामग्री खरिदमा ५ देखि १० प्रतिशतसम्म छुट प्रदान गर्ने जानकारी दिनुभयो । अर्का प्रोपराइटर अमृत तिमल्सिनाका अनुसार विद्युतीय, भान्सामा प्रयोग हुने भाडाँबर्तन र खेलौना आइटममा १० प्रतिशत, पेय पदार्थ तथा श्रृगारका सामग्रीमा ५÷५ प्रतिशत छुट सुविधा उपलब्ध गराइने छ ।निजगढमा ३ वर्षअघि संचालनमा आएको निजगढ सुपरमार्टले गुणस्तरीय सामग्री उपलब्ध गराउदै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here