सिमरा,बाराको रामपुर टोकनीमा रहेको बहुराष्ट्रिय कम्पनी डाबर नेपाललले जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेको नेरामावि छातापिपरालाई २० थान डेस्क र बेञ्च सहयोग गरेको छ ।बुधवार विद्यालयमा आयोजित एक कार्यक्रममा डाबर नेपाल प्रा.लि.का प्रमुख सञ्चालक किलासराम चौरसियाले विद्यालयलाई डेक्स, बेञ्च हस्तान्तरण गर्नुभएको हो । कम्पनीको संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत विद्यालयलाई सहयोग गर्न पाउँदा आँफूहरु उत्साहित भएको र आगामी दिनमासमेत यसरी नै सहयोग गर्ने प्रतिबद्धता कम्पनीका प्रमूख सञ्चालक चौरसियाले गर्नुभयो ।बेञ्चको अभावमा पठनपाठनमा समस्या भइरहेका बेला प्राप्त सहयोग विद्यालयको लागि महत्वपूर्ण रहेको विद्यालयका प्रधानाध्यापक पिताम्बरप्रसाद चौधरीले बताउनुभयो ।कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोतिलाल राउत कुर्मी, डाबर नेपालका मानव संसाधन विभाग प्रमुख आशितोष यादव, विद्यालय व्यवस्थापन समितिका सदस्य बालदेब चौधरी लगायतको उपस्थिथि रहेको थियो ।कार्यक्रमको सहजीकरण विद्यालयका लेखा प्रमुख कृष्ण चौधरीले गर्नुभएको थियो ।