कलैया,बाराको कलैयामा चर्को आवाजमा डिजे बजाउने दुई जनालाई डिजे साउन्ड सिस्टमसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।कलैया बजार क्षेत्रमा मङ्गलवार राति ध्वनि प्रदूषण हुने गरी चर्को आवाजमा डिजे बजाउँदै गरेको अवस्थामा बजरङ्ग डिजे बडकी फुलबरीयाका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेमा बाराकै जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० का २५ वर्षीय नागेन्द्र राय र देवताल गाउँपालिका वडा नम्बर १ का ५० वर्षीय जयराम सिंह रहेको बारा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिनुभयो ।
चर्को आवाजमा डिजे नबजाउन यसअघि सार्वजनिक सूचना नै निकालेर गरिएको आग्रहलाई अटेर गरेकाले उनीहरूलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याइएको डिएसपी न्यौपानेले बताउनुभयो ।

Leave a Reply