वीरगञ्ज । विद्युतको तार सर्ट भएर वीरगञ्जमा भएको आगलागीमा झन्डै ५४ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
पर्सा जिल्लाको सदरमुकाम वीरगञ्ज महानगरपालिका– १७ स्थित अलौँ गाउँमा मङ्गलवार बिहान स्थानीय महेन्द्र सहनीको फुसको घरमा विद्युत्को तार सर्ट हुँदा अचानक भएको आगलागी फैलिएर ५३ लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आगलागीमा महेन्द्र सहनीको घरसहित अन्य ६ जनाको घरमा समेत पूर्ण रूपले जलेर नष्ट भएको छ । बिहान ३ बजेदेखि सुरु भएको आगलागी स्थानीय, वीरगञ्ज महानगरपालिकाबाट गएको वारुण यन्त्र (दमकल) र प्रहरीको सहयोगमा ५ बजेको करिबमा पूर्ण रूपले नियन्त्रणमा आएको पर्सा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) कुमारविक्रम थापाले जानकारी दिनुभयो ।आगलागीबाट महेन्द्र सहनी सहित मैना सहनी, वीरेन्द्र सहनी, तुफान सहनी, फलदेव सहनी, अभय सहनी र अदालत साहको घर र त्यहाँ रहेका अन्नपात, लत्ता कपडा, सरसामान, सुनचाँदीका गरगहना, नगद, चौपाया लगायत जलेर पूर्ण रूपले नष्ट भएको डिएसपी थापाले बताउनुभयो ।

Leave a Reply