सिमरा,बारा ४ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार इच्छाबहादुर वाग्लेलाई अर्को स्वतन्त्र उम्मेदवारले समर्थन गर्ने भएका छन् । प्रतिनिधि सभा सदस्यका स्वतन्त्र उम्मेदवार नेमराज प्रसाद जैसवालले वाग्लेलाई समर्थन गर्ने घोषणा गर्नुभएको हो ।
परवानीपुरमा सोमबार आयोजित कार्यक्रमकामा पटेलले वाग्लेलाई आफूले समर्थन गर्ने प्रतिबद्धता जनाउदै आफ्नो उम्मेदवारी निष्क्रिय हुने बताउनुभएको छ । पटेलले आफ्नो स्वतन्त्र अभियानमा जोडिएका सम्पूर्ण समर्थकले वाग्लेको पक्षमा मतदान गर्ने घोषणा गर्नुभयो ।
पछिल्लो समय वाग्लेको बलियो जनमत देखिन थालेपछि पटेलले वाग्लेलाई समर्थन गर्नुभएको हो । पटेलको उम्मेदवारीपछि वाग्ले थप बलियो बन्नुभएको छ ।
होटल तथा पर्यटन व्यवसायी एवम् नेपाली कांग्रेसका अगुवा नेताको रहनुभएका वाग्ले स्वतन्त्र अभियानमा सक्रिय हुनुुहुन्छ । बारा ४ मा नेपाली कांग्रेस उम्मेदवारविहिन बनेपछि कांग्रेस कार्यकर्ताकै अनुरोधमा उम्मेदवार बन्नुभएका वाग्लेलाई पछिल्लो समय स्वतन्त्र नागरिकले समेत समर्थन गर्न थालेका छन् ।
आफ्नो पक्षमा जनमत देखिन थालेपछि वाग्ले उत्साहित बन्नुभएको छ । वाग्लेले आफू निर्वाचित भएपछि बारा ४ मा पर्यटन प्रवद्र्धनसहित शिक्षा, स्वास्थ्यको क्षेत्रमा जनताको मन जित्ने गरी काम गर्ने बताउनुभएको छ । वाग्ले सिमरास्थित होटल इच्छाका संचालक समेत हुनुहुन्छ ।