दिपेन्द्र जैसवाल
करैयामाई,बारा जिल्ला वचत तथा ऋण सहकारी संघ लि.को आयोजना र नियोसिसको समन्वयमा कलैया मंगलवार सहकारीमा प्रविधि अवसर र चुनौती सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।संघका अध्यक्ष सतेन्द्रप्रसाद ठाकुर अध्यक्षतामा कलैयाको दास गेष्ट हाउसमा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिमा नेफस्कुन केन्द्रीय संञ्चालक समिति सदस्य सदस्य शोभाकुमारी राउतले ब्यानर पढेर सो अभिमुखीकरण कार्यक्रमको उद्धाटन गर्नुभएको थियो ।
कार्यक्रममा जिल्ला संघका उपाध्यक्ष राजुप्रसाद अधिकारी लगायतको सहभागिता रहेको थियो । सहभागीहरुलाई कवि न्यौपानेले प्रशिक्षण दिनुभएको थियो सो अभिमुखीकरण कार्यक्रममा जिल्लाभित्र रहेका सबै सहकारी सस्थाहरुको प्रतिनिधिहरु, सहकारी संस्थाका अध्यक्ष र संञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्लाचन संघका व्यस्थापक हरिशंकर चौधरीले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here