जीतपुर,पर्यावरण संरक्षणका लागि जागरण अभियान संचालन गर्ने उद्देश्यसहित मेची–महाकाली पैदल यात्रामा रहेका पाँचजना युवा मंगलवार बाराको पथलैयाबाट बिदाई गरिएको छ ।सोमवार नै पथलैयामा आइपुगेका पैदल यात्रीलाई एक कार्यक्रमकाबीच बिदाई गरिएको हो । उनीहरुले चैत्र २३ गतेदेखि मेची पुलबाट पैदल यात्रा सुरु गरेका हुन् ।

पर्यावरण जोगाउनुपर्ने सन्देश फैलाउँदै दमकका सुवास सुवेदी, पदम भण्डारी, उमेश राई, दिनेश भण्डारी र प्रकाश चौलागाईं मेचीदेखि महाकालीसम्मको ६० दिने पैदल यात्रामा छन् । ‘प्रतिव्यक्ति ८ वटा विरुवा रोपौं, पर्यावरण संरक्षणमा योगदान पुर्याऔं’ भन्ने नारासहित पैदल यात्रा गरिरहेका उनीहरुलाई पथलैयामा स्वागत गरिएको थियो ।
पथलैयास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक, विद्यार्थी र स्थानीयले स्वागत गर्दै उनीहरुलाई यात्राको सफलताका लागि शुभकामना दिएका थिए । यसअघि उनीहरुलाई निजगढस्थित गौरीशंकर माध्यमिक विद्यालयमा समेत स्वागत गरिएको थियो ।पैदल यात्राका क्रममा १२ हजार भन्दा बढीसंग प्रत्यक्ष साक्षात्कार गर्ने र १० लाख भन्दा बढीसम्म पर्यावरण जोगाउनुपर्ने सन्देश पुर्याउने उदेश्य उनीहरुले लिएका छन् ।

Leave a Reply