सिम्रौनगढ,बाराको सिम्रौनगढ नगरपालिकास्थित कंकाली मन्दिर परिसरमा स्थानीयबासीको भेला सम्पन्न भएको छ ।
सिम्रौनगढ नगरपालिका उपप्रमुख नजमु शेहरको अध्यक्षतामा भेला सम्पन्न भएको हो । भेलाले सिम्रौनगढ धार्मिक स्थल सौन्दर्यीकरण, मन्दिरका पुजारी ब्यवस्थापन, बजार व्यवस्थापन, ऐतिहासिक र पुरात्तात्विक धरोहरको संरक्षण लगायत विषयमा छलफल गरेको छ ।

यस्तै भेलाले सोही छलफलको व्यवस्थापन एवम् संरक्षणका लागि २१ सदस्यीय श्री कंकाली ट्रष्ट सिम्रौनगढ गठन गरेको छ । जसको अध्यक्षमा राजेश पण्डित, उपाध्यक्ष मदनप्रसाद गुप्ता, सचिव रामेश्वरप्रसाद मेहता, कोषाध्यक्ष गायत्रीदेवी नुनियाईन र सदस्यहरुमा सरयुग महतो, प्रमानन्दप्रसाद जयसवाल, जङ्गबहादुर महतो, राजकुमार गुता, संजय गुप्ता, सुरेश महतो र सुधिर गुप्ता लगायतका रहेका छन् ।

Leave a Reply