बसन्त लामा
सिगौल,निजगढ नगरपालिका वडा नम्बर ३ स्थित लालीगुराँस युवा क्लबले आयोजना गरेको नकाउट फुटवल प्रतियोगिताको उपाधि आयोजक लालीगुराँस ‘ए’ ले जितेको छ ।आइतवार भएको अन्तिम खेलमा निजगढ १० लालको योङ्गस्टार युवा क्लवलाई १÷० ले पराजित गर्दै प्रतियोगिताको आयोजक लालीगुराँसले उपाधि हात पारेको हो ।
जितसंगै लालीगुराँसले ३० हजार नगद र ट्रफि हात पारेको छ भने उपविजेता योङ्गस्टार लालले १५ हजार नगद र ट्रफिमा चित्त बुझाएको छ ।प्रतिस्पर्धात्मक खेलमा लालीगुराँसका जर्सी नम्बर ७ का खेलाडी हिमेस माझीको १ गोल नै निर्णायक बनेको थियो । खेलको म्यानअफद म्याचको उपाधि पनि हमेस माझीले प्राप्त गरेका छन । त्यसैगरी प्रतियोगितामा सर्वाधिक गोलकर्ता लालीगुराँस कै निरोज तामाङ्ग बनेका छन ।
निजगढ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गोकुलप्रसाद तिमल्सिना प्रमुख आतिथ्यतामा भएको फाइनल खेलमा विजयी खेलागी तथा टोलीलाई वडा अध्यक्ष तिमल्सिनाले नगद, ट्रफी र प्रमाण पत्र वितरण गर्नुभएको थियो । प्रतियोगिता समापन कार्यक्रममा निजगढ नगरपालिका कार्यपालिका सदस्य मानबहादुर ड़ासेलीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको अध्यक्षता लालीगुराँस युवा क्लवका अध्यक्ष संजिव योन्जनले गर्नुभएको थियो ।त्यसैगरी सो कार्यक्रममा लालीगुराँस सामुदायिक वन उपभोक्ता समिति निजगढ ३ का अध्यक्ष मानबहादुर लामा, स्थानीय समाजसेवी सुकराम जिम्बा, वडा सदसय जितबहादुर लोप्चनलगायतको उपस्थिति रहेको थियो । खेलाडी र दर्शकहरुलाई मनोरञ्जन गराउने उदेस्यले निजगढ डान्स स्टुडियोकी अनिता तामाङले स्वागत नृत्य प्रस्तुत गर्नुभएको थियो ।
गत भदौ २८ गतेबाट शरु भएको सो प्रतियोगितामा निजगढ नगरपालिकाका विभिन्न वडासहित रौतहट र मकवानपुरका २१ फुटबल टोलीको सहभागिता रहेको थियो । प्रतियोगिताको फाइनल खेल हुने मिति गत असोज १७ गतेका लागि तोकिएको भएपनि बाढी र वर्षाका कारण प्रतियोगिताको खेल तालिका परिवर्तन गरिएको आयोजकले जनाएको छ ।


















