राजन कुमार बानिया
पर्सा निर्वाचन क्षेत्र न– ४ अन्तर्गत पर्ने छिपहरमाई गाउँपालिका– ३ जयमंगलापुर क्षेत्रमा जनता समाजवादी पार्टी नेपालद्वारा आयोजना गरिएको घरदैलो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।युवाहरू तथा स्थानीय मतदाताको उल्लेख्य उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमले क्षेत्रीयस्तरमा सकारात्मक सन्देश प्रवाह गरेको छ । घरदैलो अभियानका क्रममा
जनता समाजबादी पार्टी नेपाल पर्सा– ४ का तर्फबाट प्रतिनिधिसभा सदस्यका युवा उम्मेदवार डा.कृपासिन्धुप्रसाद चौधरीले“अबको परिवर्तन युवाको नेतृत्व” भन्ने चुनावी नारासहित जसपा नेपालका नेता–कार्यकर्ताहरूले स्थानीय बस्तीमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए । कार्यक्रममा युवाहरूको उत्साहजनक सहभागिता देखिएकोले परिवर्तन र नयाँ राजनीतिक संस्कृतिप्रति जनचासो बढ्दै गएको संकेत गरेको सहभागीहरूको भनाई छ ।
कार्यक्रममा जसपा नेपालका प्रतिनिधिहरूले सुशासन, पारदर्शिता, रोजगारी सिर्जना र युवामैत्री नीति पार्टीको मुख्य एजेन्डा रहेको उल्लेख गर्नुभयो । स्थानीय समस्याको पहिचान गर्दै तिनको समाधानका लागि संसददेखि सडकसम्म आवाज उठाइने प्रतिबद्धता पनि व्यक्त गरिएको थियो ।
जसपा नेपालले आगामी दिनहरूमा पर्सा– ४ का अन्य क्षेत्रमा समेत घरदैलो तथा जनसम्पर्क कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।घरदैलो कार्यक्रममा मधेस प्रदेशका पूर्वमन्त्री सिंगासन साह कलकारलगायत रामपुकार यादव, इन्द्राशन साह कलवार, सचिन सिंह, हिमान्चल कुशवाह, रामसीश कुशवाहलगायत पार्टीका कजकर्ताहरुको सहभागी रहेको थियो ।

















