आरके राजन

सिम्रौनगढ,बाराको प्रसिद्ध ऐतिहासिक, पर्यटकीय एवंम धार्मिक स्थल सिम्रौनगढ– २ रानिवासस्थित राम जानकी मन्दिर परिसरमा रहेको गौशाला संरक्षण अभावमा खण्डहरमा परिणत भएको छ ।९ दशकअघि रानिवासस्थित रामजानकी मन्दिर परिसरमा सयौको सख्यामा गाईहरु राख्ने गरिएको थियो । उक्त गाईहरुको व्यवस्थापन पूर्वमहन्थ हरिचरणदासले गर्नुभएको थियो । गौशालामा पालिएका गाईको दुध जुन कि त्यहाँ रहेका साधु सन्त, कर्मचारीले प्रयोग गर्ने र प्रसादी बनाउन प्रयोग गरेर भक्तजनलाई समेत वितरण गरिने गरिएको थियो ।महन्थ हरिचरणदासको मृत्युपछि गाईहरुको संख्या दिनप्रतिदिन कम हुँदै गयो र अहिले गौशाला नै खण्डहरमा परिणत हुन पुगेको छ । रानिवास रामजानकी मन्दिर गुठी संस्थान वीरगन्जको जिम्मामा गएदेखि गौशालाको अवस्था बिग्रदै गएको हो । उचित व्यवस्थापन हुन नसक्दा गाईहरुको संख्या कम हुँदै गएको र हाल यहाँ दुई वटा गाई मात्र छन् । सो गाई पनि सिम्रौनगढ नगरपालिकाका पूर्वमेयर बिजयशंकर यादवले दिएको साधुहरुले बताएका छन ।मर्मतको अभावमा गौशाला हाल खण्डहरमा परिणत भएको छ भन्ने गाईहरुलाई आहारा खुवाउने घरहरु पूर्णरुपले नष्ट भएका छन् ।देशकै एउटा ऐतिहासिक क्षेत्रको रुपमा रहेको सिम्रौनगढको मुख्य आकषर्ण मध्येको रानीबास मन्दिर पनि जीर्ण बन्दै गएको छ । र सो मन्दिर नेपाल सरकारको नीती अनुसार पहिलैको ढाँचामा मर्मत वा पुर्ननिर्माणको पर्खाइमा छ ।

Leave a Reply