कलैया,सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वाटर उत्तरझिटकैया बाराको १७औं वार्षिकोत्सव सम्पन्न भएको छ ।
सोमवार एक समारोहमा वार्षिकोत्सव सम्पन्न भएको हो । सशस्त्र प्रहरी बल, नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका निमित कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक माधवप्रसाद पौडेल प्रमुख अतिथि रहेको कार्यक्रमको अध्यक्षता गणपति सन्तोषबहादुर सिंहले गर्नुभएको थियो ।

बार्षिकोत्सव कार्यक्रममा बोल्दै नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीका निमित कार्यालय प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक माधवप्रसाद पौडेलले अहिले शान्ति सुरक्षासंगै सीमा क्षेत्रमा हुने अपराधीक गतिविधि तथा राजस्व नियन्त्रण गर्नमा राज्यले दिएको जिम्मेवारी पुरा गर्न दिनरात लागिपरेको बताउनुभयो । उहाँले केहि दिनपहिला खुल्ला सीमा क्षेत्रसंग जोडिएका मधेस प्रदेशका १ सय ४० जना वडाध्यक्षहरुसंग छलफल गरेर राय सुझाव संकलन समेत गरिएको बताउनुभयो ।कार्यक्रममा बोल्दै १२ नम्बर गणका गणपति सन्तोषबहादुर सिंहले परिर्वतित सन्र्दभमा चुनौतिहरु पनि थपिदै जाने गएको बताउदै जस्तोसुकै अवस्थामा पनि विचलित नभई सुम्पिएको दायित्वमा खरो उत्रिनुपर्नेमा जोड दिनुभयो ।

Leave a Reply