सिमरा,नेपाल आयल निगम प्रादेशिक कार्यालय अमलेखगन्ज बाराका प्रमुख ईन्जिनियर प्रदिपकुमार यादबले अक्टोबरदेखि यही पाईपलाईनबाट पेट्रोल र ग्याँस समेत ल्याउने कार्यको शुरु गर्ने तयारी भईरहेको बताउनुभएको छ ।
अहिले ग्याँस ढुवानी वापत ठुलो रकम खर्च हुने गरेकोले अब पेट्रोल र ग्याँसको आयातका लागि निगम लागि परेको उहाँले बताउनुभएको हो । तीन वर्षको अन्तरालमा डिजेल ढुवानीमा हुने पाँच अर्ब रुपैया खर्च जोगिएको समेत उहाँले बताउनुभएको छ ।
कम लागत र सुन्य चुहावटमा पाईपलाईनबाट तीन वर्षको अन्तरालमा २८ लाख ९२ हजार चार सय २९ किलोलिटर डिजेल आयात गरेको समेत बताउनुभयो । २६ जिल्लाको आपुर्ति गर्दै आएको प्रादेशिक कार्यालय अमलेखगन्जले दैनिक ६ हजार पाँच सय किलोलिटर ईन्धन आपुर्ति गर्दै आएको छ ।