सिमरा, मधेश सरकारले बैशाख २३ गते र जेठ २८ गते सार्वजनिक बिदा दिएको छ । मधेश राजपत्रमा प्रकाशित थप बिदामध्येबाट पर्सी मंगलबार र आगामी जेठ २८ बुधबार बिदा दिने भएको हो ।बैशाख २३ गते मंगलबार जानकी नवमी (सीता जयन्ती) र जेठ २८ गते बुधबार कविर दास जयन्ती परेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयका उपसचिव गणेश नायकले सूचना जारी गर्दै विदाको जानकारी गराउनुभएको छ ।

 

Leave a Reply