सिमरा,लायन्स क्लब अफ सिमरा युथको वर्ष २०२४-२५ को अध्यक्षमा राजकुमार लामा चयन हुनुभएको छ । वर्ष २०२३-२४ को प्रथम उपाध्यक्ष रहेका लामा आगामी कार्यकालका लागि अध्यक्ष चयन हुनुभएको हो ।लामाको नेतृत्वमा रहेको समितिको प्रथम उपाध्यक्षमा रविन उपाध्याय, सचिवमा निलिसा बर्मा र कोषाध्यक्षमा कपिल खरेल चयन भएका छन् । यसैगरी द्धितीय उपाध्यक्षमा चयन गुरुङ, तृतीय उपाध्यक्षमा सम्राट खनाल, चौथो उपाध्यक्षमा राजकुमार थापालाई चयन गरिएको छ ।

यसैगरी रमेश सुवेदीलाई क्लब डाइरेक्टर, अर्जुन विकलाई सर्भिर चेयरपर्सन, सुरज वैद्यलाई मेम्बरसिप चेयरपर्सन, शान्तमणी रिजाललाई क्लब मार्केटिङ कम्युनिकेशन चेयरपर्सन चयन गरिएको वर्ष २०२३-२४ का अध्यक्ष त्रिलोकबिक्रम शाहले जानकारी दिनुभयो ।नवनिर्वाचित पदाधिकारीले सन् २०२४ को जुलाई १ तारिखदेखि कार्यभार सम्हाल्नेछन् । वर्ष २०२३-२४ को वर्तमान पदाधिकारीको कार्यकाल जुन महिनाको अन्तिममा समाप्त हुनेछ सन् २०२० मा स्थापना भएको क्लबको वर्ष २०२२-२३ मा दिवाकर भण्डारी र त्यसअघि हंकल्पित न्यौपाने अध्यक्ष रहेका थिए ।

Leave a Reply