वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले २०८१ सालका केहि सार्वजनिक बिदाका दिनमा पनि सेवा दिने जानकारी दिएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले एक सूचना जारी गरी यसबारे जानकारी दिएको हो ।

उक्त सूचनामा राजपत्रमा उल्लेखित अन्य सार्वजनिक बिदाका दिन र शनिवारका दिन बाहेक यस वर्ष परेका १९ वटा सार्वजनिक बिदाका दिनमापनि कार्यालयबाट सार्वजनिक सेवा प्रवाह हुने उल्लेख छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले जारी गरेको सूचनामा २०८१ साल बैशाख १ गतेदेखि चैत मसान्तसम्म परेका १९ वटा सार्बजनिक बिदाका दिनमा पनि कार्यालयबाट सेवा प्रदान गरिने उल्लेख छ ।
यस वर्ष गणतन्त्र दिवस, शहिद दिवस, रामनवमी, घटस्थापना, क्रिसमस डे, ल्होसार, गणतन्त्र दिवस, रक्षाबन्धन, बुद्ध जयन्ती, उभौंली पर्व, महाशिवरात्री, माघी पर्व, पृथ्वी जयन्ती, इदउल फित्र, बकर ईद, राष्ट्रिय प्रजातन्त्र दिवस, श्रीकृष्ण जन्माष्टमी गरी विभिन्न पर्व र दिवस गरी १९ दिन सार्वजनिक बिदा दिइएको भएपनि ती दिन जिल्ला प्रशासन कार्यालय पर्साबाट सेवा प्रदान गरिने जनाइएको छ ।

आधारभूत सेवा जस्तै नागरिकता सम्बन्धी सेवा, राहदानी र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सम्बन्धी सेवा प्रवाह गर्ने विशेष व्यवस्था मिलाईएको उक्त सूचना मार्फत जानकारी गराइएको छ । यसका साथै जिल्लास्थित अन्य अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयबाट समेत नियमित रुपमा अत्यावश्यक सेवा प्रवाह हुने व्यवस्था मिलाईएको सुचनामार्फत जनाइएको छ ।

Leave a Reply